यसकारण दुधको चिया खानु हानिकारक !

165

अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्।

फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे।

चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्वहरू पाइन्छन्।विशेष गरी कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्।

यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने,

मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँदछ तथापी, त्यस चियामा अलिकति पनि दूध मिस्सियो भने, अब त्यसले फाइदाभन्दा बढि बेफाइदा गर्दछ। तर कसरी?

दूधले चियालाई कसरी प्रभाव पार्दछ ?
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए।

उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए।

नतिजा अचम्मको निस्किएको थियो। तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो।

यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिनले गर्दा चियामा पैदा हुने ‘क्याटेचिनको मात्रामा कमि हुने गर्दछ, जसले रक्त धमनीमा राहत पुर्याउन महत्वपूर्ण भूमीका खेल्ने गर्दछ।

दिनमा २ कप सम्म दूध चिया पिउनु खासै खतरनाक हुँदैन। तर यदि २ कपभन्दा बढि दूध चिया पिउने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनु उचित हुन्छ।

साथै, विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्दछ भनेर त सायद अधिकांशलाई थाहा नै छ होला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here