काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरुले पाउने मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने भएको छ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले औपचारिक निर्णय नगरिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘हामीले यो वा त्यो मन्त्रालय भनेका छैनौं, तीन वटा मन्त्रालय चाहियो भनेका छौं, खतिवडाले भने, ‘अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन, भागबन्डा मिलेपछि प्रधानमन्त्रीले नाम माग्नेवित्तिकै दिनेगरी हामी तयारी अवस्थामा छौं।’
समाजवादीले तीन वटा मन्त्रालय मागे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने दुई वटा मन्त्रालय दिने अवस्थामा छन्।

















