अहिलेको गठबन्धन सरकार लामो समय टिक्ने सञ्चारमन्त्रीको दाबी

34

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको गठबन्धन सरकार तत्कालै कमजोर भएर नसकिने दाबी गरेकी छन्। उनले विचार फरक फरक भए पनि सबैका लागि देशको निम्ति केही गर्नुपर्ने भावना भएकाले अहिलेको गठबन्धन सरकार भत्किने संभावना नदेखिएको बताइन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित न्यौपाने गाउँमा विप्लव नेतृत्वको माओवादीका नेता चुडामणी वली आदर्शको आमाको निधन भएको घडीमा श्रद्धान्जली दिन पुगेकी मन्त्री शर्माले माओवादी नेतृत्वको सरकार लामो समय टिक्ने दाबी गरिन्।

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर गरिन्।

उनले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको अडान राख्दै जनचाहना अनुसार सरकारले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। २ दिनभित्र सरकारले पूर्णता पाउने उनले ठोकुवा गरिन्।

नेपाल सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले जनताले जसरी भोट दिए त्यहीअनुसार सरकार बनेको तर्क गरिन्। स्पष्ट बहुमत कसैसँग पनि छैन , जनताले जति भोट जसरी दिए त्यहीअनुसार सरकार बनेको हो , उनले भनिन् , १० दल मिलेको भन्ने कुरा पछिको हो , एक्लै सरकार बनाउन नसक्ने भए पनि अरू दलको साथ लिनु सहि हो ।

समग्र राजनीतिक परिदृश्यमा अडान लिएर यही मन्त्रालयमा बसिरहन्छु भन्ने छैन त्यो मेरा इच्छामा भर पर्दैन , उनले भनिन्, ‘जहाँ गए पनि मिहिनेत गर्नुपर्छ, मन्त्रालय सानो ठूलो हुँदैन, सबैको आआफ्नो महत्व रहेको छ। म आवश्यकताअनुसार जहाँ पनि जान सक्छु।’

उनले आफूलाई संचार मन्त्रालयमा रहेर केही काम गर्न धेरै सिकिएकाले यहीँ बस्नु ठिक हुने स्पष्ट पारिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here