यसरी पत्ता लगाउन सकिन्छ महकाे शुद्वता

89

हाम्रो समाजमा मह मन नपर्ने कमै व्यक्ति होलान्। मह भन्नेवित्तिकै धेरैको मुख रसाउँछ। मह खान जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि उति नै लाभदायी छ।

विभिन्न स्वास्थ्य समस्यामा अन्य वस्तुसँग मिसाएर यसको प्रयोग गरिन्छ। स्वास्थ्य रहन लागि सेवन गरिने मह शुद्ध छ कि छैन?  शुद्ध मह कसरी थाहा पाउने?

आगोमा परीक्षण : महको शुद्धता आगो परीक्षणबाट पत्ता लगाउन सकिन्छ। यसका लागि कपासको टुक्रा लिनुहोस् र महमा भिजाउनुहोस्।  यदि कपासमा आगो लाग्यो भने नक्कली हो भन्ने बुझ्नुहोस्। किनकी शुद्ध मह जल्दैन।

तातो पानीमा परीक्षण : एक गिलासमा तातो पानी लिनुहोस् र औँला वा चम्चाको मद्दतले मह राख्नुहोस्। मह नक्कली भएमा केही बेरमा पानीमा घुल्न थाल्छ। शुद्ध मह गिलासको तल्लो भागमा बस्छ।

रोटीमा दलेर परीक्षण : मह असली वा नक्कली हो पत्ता लगाउन चाहनुहुन्छ भने रोटीमा लगाउनुहोस्। यदि शुद्ध छ भने यो रोटीमा लगाउने बित्तिकै कडा हुन्छ। नक्कली मह रोटीमा लगाउने बित्तिकै नरम हुन्छ।

औँलामै परीक्षण :औँलामा महको एक थोपा निकाल्नुहोस् र जाँच गर्नुहोस् कि यो बाक्लो छ वा पातलो। वास्तविक मह पातलो र चिपचिपा हुन्छ। नक्कली मह अलि बाक्लो हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here