एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा पक्राउ

39

धरान । एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।
एक व्यक्ति बराबर ४० हजार रुपैँया लिएर परीक्षा दिने व्यवस्था मिलाएको आरोपमा धरानमा रहेको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई आज पक्राउ गरेको हो ।

गत बुधवार र बिहीवार मोरङका सरस्वती मा.वि,जनता मा.वि र सार्वजनिक मा.वि परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले २०१ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका नक्कली विद्यार्थीले दिएको बयानका आधारमा छानविन गर्दा मोरङ र सुनसरीका आधादर्जन भन्दाबढि इनस्टिच्युटहरूले पैसा लिएर भाडामा विद्यार्थी लगाएर परीक्षा दिन लगाएको पाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here