काठमाडौं । सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।
यसअघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै अस्मीलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राइएको राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले जानकारी दिए ।

















