नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवानको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

109

काठमाडौं- नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विभिन्न मितिमा लिइएको विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सोमबार प्रकाशन गरिएको छ ।

साथै विशेष स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने लिखित परीक्षाको तालिका समेत प्रकाशन गरिएको छ ।

विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा तथा लिखित परीक्षाको तालिका सम्बन्धि विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here