आमा

107
आफू रोएर मेरा लागि हाँसो किन्यौं
स्वाभिमानी बनेर हाम्रा लागि महान् बन्यौँ
सङ्घर्षको बाटोमा फूल भएर सुबास दियौ
काँडाको बाटो हटाई सुन्दर बाटो देखाई दियौ
कहिले मैले तिम्रा लागि केही गर्न सकिन
तर तिमीले तिम्रो माया डिपोजिट गरी
मेरो भविष्यको निर्माण खोजी दियौ
रुँदा हाँसो भित्रको मायामा बेर्याे मलाई
तर तिम्रा लागि झरी छेक्ने केही दिन सकिन
हाम्रा खुशीको निम्ति तिमीले आफ्नो हाँसो बेच्यौ
हामीलाई बचाई राख्न समाजसंग लड्यौं
मेरो आवश्यकता छोप्न आफ्नो गाँस बेच्यौ
तर तिम्रो सपनाका लागि मैले केही गरिन्
दुःख पाउँछकी भनेर हाम्रा लागि बर्खाको पानी भनेनौं
सहासको भावमा मलाई प्रेरणा दिन छाडेनौ
नयाँ भविष्यको कामना गर्दै हिड्यौ
मेरा लागि समाजको अवहेलना सहेऊ
नयाँ इन्द्रेणी संसार खोज्यौ
आफ्नो लागि नभनी दिन रातको निन्द्रा बेचेकी छौं
तर तिम्रा लागि मैले केही गर्न सकिन
हाम्रो सिर्जना र सफलताको लागि आज आफूलाई तिलाञ्जली दियौ
तैपनि मैले तिमीलाई आमा भनी चिनाउन सकिन।
रमन चाैलागाई, हाल: धनुषा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here