याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा प्रसाद नलैजाने घोषणा

80

काठमाडौं । राताे मच्छिन्द्र नाथकाे जात्राकाे क्रममा  भाेट जात्रा देखाइने चार दिन अगाडि कीर्तिपुरको प्यंगःथामा प्रसाद  नलैजाने भएको छ ।

ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले  यो पटक  प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा प्रसाद नलैजाने घोषणा गरेको जानकारी प्राप्त भएकाे छ ।

कीर्तिपुरका सुखी गःछें समाज टोल समितिले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेपछि ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाएको थियो । पानेजु संघको लिखित सहमति बेगर हजारौं वर्षदेखि कुनै मूर्ति नभएको मात्र मच्छिन्द्रनाथको प्रतिनिधिपात्र जलपानेजुले प्रत्येक वर्ष थतिटोलदेखि नाङ्गो खुट्टाले हिंडेर याकःमिसालाई प्रसाद ग्रहण गराउनु पर्ने जीवित परम्पराको विरुद्ध मूर्ति स्थापना भएपछि प्रसाद नलैजाने संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए ।

संघले गत २ पुसमा बैठक बसेर कीर्तिपुर प्यंगःथामा मच्छिन्द्रनाथ करुणामयको प्रतिमूर्ति र याकः मिसाको मूर्ति रहुन्जेल प्रसाद ग्रहण गर्ने गराउने कार्य बन्द गर्ने निर्णय गरेको थियो । सुखी गःछें समाज टोल समितिलाई पुरातत्व विभागले पनि २ वटा पत्र पठाएर मूर्ति हटाउन ताकेता गरेको थियो । तर पनि मूर्ति हटाउने काम नभएकोले प्रसाद लैजान नसक्ने शाक्यले बताए । ‘प्यंगःथामास्थित पौराणिक शिलाको उत्तर पट्टीको भित्तामा दक्षिण फर्काएर प्रतिस्थापना गरिएको मच्छिन्द्रनाथ करुणामयको प्रतिमूर्ति र याकःमिसाको मूर्ति उक्त स्थानबाट नहटाएसम्म प्रसाद ग्रहण गराउने कार्य हुँदैन’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्परा छ ।

रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष पाटनमा गरिने जात्रा र १२ बर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ । संघका अध्यक्ष शाक्यका अनुसार रातो मच्छिन्द्रनाथको नित्य पूजा कर्म गर्न गुठी संस्थानले वंशजको आधारमा २४ जना शाक्य थरका र ७ जना बज्राचार्य थरका पुजारीहरू नियुक्त गर्ने धार्मिक तथा ऐतिहासिक परम्परा रहेको छ । शाक्यका अनुसार कीर्तिपुरमा मूर्ति स्थापनाको विरोधमा सबै पुजारी एकमत छन् ।

यस्ताे छ  विज्ञप्तिः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here