काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ ।
सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।
निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।

















