म्यानमारसँग नेपालको लज्जास्पद हार

64

काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० को फराकिलो अन्तरले पराजित भएको छ। यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार साँझ भएको खेलमा घरेलु टोलीले नेपालमाथि एकपछिय जित निकाल्यो।

नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो। म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गर्दा जिन मोई पाए र युन वादीले समान एक-एक गोल गरेका थिए।

नेपाल विरुद्ध घरेलु टोलिले खेलको २३ औं मिनेटमा पहिलो गोल गरेको थियो। जिन मोईले गोल गर्दै म्यानमारलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४५ औं मिनेटमा यिन लुनले गोल गर्दै म्यानमारलाई २-० को अग्रता दिलाउँदा पहिलो हाफमा नेपाल २-० ले पछि रह्यो।

खेलको ४६ औं मिनेटमा यिनले व्यक्तिगत दोस्रो गोल गर्दा म्यानमार ३-० ले अघि रह्यो। ७० औं मिनेटमा युनले गोल गर्दा घरेलु टोलीको अग्रता ४-० को अवस्थामा पुगेको थियो। खेलको ९० औं मिनेटमा यिनले ह्याट्रिक गर्दा नेपाल ५-० को फराकिलो अन्तरले पराजित भयो।

छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा चीनसँग प्रतिस्पर्धा गर्ने छ। अन्तिम खेलमा नेपालले शनिबार चाईनिज ताइपेसँग खेल्ने छ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बिजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here