‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा

45

काठमाडौं । साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । याे एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू फेला पार्न सकिने कम्पनीले जनाएको छ ।

“हाम्रो एपले नजिकका बस र रुटको रियल टाइम (वास्तविक समयकाे) जानकारी उपलब्ध गराउनेछ,” कम्पनीले विज्ञप्तिमा लेखेको छ, “हाम्रो अन्तर्क्रियात्मक नक्साको फिचर प्रयोग गरेर आत्मविश्वासका साथ सहर ‘एक्स्प्लाेर’ गर्न सक्नुहुनेछ ।”

यसबाट वास्तविक समयमा बस ट्रयाक समेत गर्न सकिने कम्पनीको भनाइ छ । साझा यातायातका लागि स्लाश प्लसले विकास गरेको यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस् साझा प्लस एप

एप डाउनलोड गरिसकेपछि तलको प्रक्रिया अपनाएर प्रयोग गर्न सक्नुहुन्छ:

-सबैभन्दा पहिले एप खोलिसकेपछि गेट स्टार्टेड (Get Started) बटनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि स्क्रिनमा देखिएको ‘साइन इन विथ गुगल’ (Sign in with gooogle) बटनमा थिच्नुहोस् ।

-अनि आफूलाई उपयुक्त हुने गुगल अकाउन्ट छान्नुहोस् ।

-यति गर्नुभयो भने एप खुल्छ ।

यसरी एपमा साइनअप गरिसकेपछि विभिन्न रुटहरू देखिन्छ । त्यस्ता रुटमा क्लिक गरी कुन बस गुडिरहेकाे छ, कुन बस कुन रुटमा रोकिएको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

त्यसबाहेक पनि स्टेसन कहाँ छ, तपाईंको नजिक कुन बस कति बजे आइपुग्छ, कतिको स्पिडमा गुडिरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here