ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

34

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।

पूर्व निर्वाचन आयुक्त शाह ललिता निवास प्रकरणको समयमा मालपोत कार्यालय, डिल्ली बजारमा कार्यरत हुनुहुन्थ्यो। निर्वाचन आयोगमा ६ वर्षे कार्यकाल पूरा गरेर उहाँले अवकाश पाउनुभएको हो ।

प्रवक्ता कडायतका अनुसार प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व सह-सचिव कलाधर देउजा, पूर्व उपसचिव भूपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ।

सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here