काठमाडौं, २१ असार दाङ, राप्ती गाउँपालिका-६ मझेरिया बस्ने ६० वर्षीय कालि प्रसाद चौधरीको सोही ठाउँस्थित सोनपुर कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
कुलो तर्ने क्रममा उक्त कुलोले बगाएका उनको लमही नगरपालिका-२ सोनपुरमा शव फेला परेको हो । कैलाली, कैलारी गाउँपालिका-७ स्थित कटैनी खोलामा डुबेर सोही ठाउँ बस्ने ३८ वर्षीय गणेश चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















