प्रधानमन्त्रीकी धर्मपत्नीको निधनप्रति उपाध्यक्ष मशहूदद्वारा दु:ख व्यक्त

53

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ।

उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’ प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here