आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर भर्ने अन्तिम दिन

31

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयरका लागि १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।

सर्वसाधारणका लागि प्रिमियममा आइपिओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म एक करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको हो ।

लाइफ इन्स्योरेन्स कम्पनीहरूमा आइएमई लाइफले नेपालमै पहिलोपटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको हो । कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर दुई सय ३६ रुपैयाँ ९१ पैसा दरमा एक करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो । ad जसमा कुल तीन अर्ब ७४ करोड रुपैयाँबराबरको आवेदन परेको जनाइएको छ ।

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिसकिएको जनाइएको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सस्थाका कर्मचारीलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

सामान्यतया सकेसम्म धेरै आवेदकलाई सेयर प्रदान गर्ने नीतिअनुसार नौ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here