मस्कोको एउटा भवनमा दोस्रोपटक ड्रोन हमला

50

मस्को । रुसको राजधानी मस्कोमा एउटा गगनचुम्बी भवनमा दोस्रोपटक ड्रोन हमला भएको छ ।

मस्कोका मेयर सर्जी सोबियानिनका अनुसार गत राति थुप्रै ड्रोनहरूलाई खसालिए पनि एउटा ड्रोन भने मोस्कभा सिटी कम्प्लेक्स टावरमा ठोक्किन पुगेको थियो । यही टावरमा आइतबार पनि ड्रोन लागेर क्षति पुगेको थियो ।

ड्रोनका कारण भवनको २१ औँ तल्लामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको मेयर सोबियानिनले जानकारी दिए । रुसको रक्षा मन्त्रालयले पछिल्लो घटना युक्रेनले घटनाएको आरोप लगाएको छ । कीएभले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छन । युक्रेन हालसम्म रुसमा भएका कुनै पनि हमलाको जिम्मेवारी लिएको छैन ।

यद्यपि, राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने रुसी क्षेत्रमा हमला ‘सामान्य र नियमित प्रक्रिया’ भएको बताएका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here