मस्को । रुसको राजधानी मस्कोमा एउटा गगनचुम्बी भवनमा दोस्रोपटक ड्रोन हमला भएको छ ।
ड्रोनका कारण भवनको २१ औँ तल्लामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको मेयर सोबियानिनले जानकारी दिए । रुसको रक्षा मन्त्रालयले पछिल्लो घटना युक्रेनले घटनाएको आरोप लगाएको छ । कीएभले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छन । युक्रेन हालसम्म रुसमा भएका कुनै पनि हमलाको जिम्मेवारी लिएको छैन ।
यद्यपि, राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने रुसी क्षेत्रमा हमला ‘सामान्य र नियमित प्रक्रिया’ भएको बताएका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

















