काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक महिना अगाडि इराकमा दूषित रुपमा भेटिएको कोल्ड सिरपका लागि भारतको एउटा औषधि कम्पनीलाई दोषि ठहर्याएको छ ।
भारतमा निर्मित औषधि विषाक्त भएको यो पहिलो घटना भने होइन । गत वर्ष भारतमा निर्मित कफ सिरपको प्रयोगका कारण गाम्बिया र उज्बेकिस्तानका धेरै बालबालिकाको मृत्यु भएको थियो ।
भारतको महाराष्ट्रको एउटा औषधि कम्पनीले दुषित कोल्ड सिरप तयार पारेको डब्ल्यूएचओले बताएको छ । दूषित कोल्ड सिरपको ब्याच बनाउने यो कम्पनीको नाम फोर्ट्स (इन्डिया) ल्याबरेटरीज प्राइभेट लिमिटेड हो । यो कम्पनीले बिक्रिका लागि आफ्नो औषधि इराक पठाएको थियो ।
डब्ल्यूएचओले भारतको फोर्ट्स (इन्डिया) ल्याबरेटरीजले कोल्ड सिरप बनाएर इराकको ड्याबीलाइफ फार्मालाई सप्लाई गर्छ । इराकमा यो औषधिलाई कोल्ड आउट नामले बिक्रि गरिन्छ । यो रुघाखोकिको औषधि हो । औषधिमा विषाक्त रसायन भेटिएको आरोप लागेको छ ।
डब्ल्यूएचओको रिपोर्ट अनुसार एक महिना अगाडि यो औषधिलाई लिएर गुनासो आएको थियो । त्यसपछि कोल्ड आउट सिरपको एउटा नमूना इराकबाट डब्ल्यूएचओको ल्याबमा परीक्षणका लागि पठाइएको थियो । उक्त नमूनाको परीक्षणका क्रममा रुघा कम गर्ने औषधिमा एथिलीन ग्लाइकल नामक एउटा विषाक्त औद्योगिक भिलायकबाट दूषित भएको भेटियो ।
मानवका लागि खतरनाक
डब्ल्यूएचओले परीक्षणका क्रममा उक्त औषधिको नमूनामा डायथिलिन ग्लाइकल (०.२५ प्रतिशत) र एथिलीन ग्लाइकल (२.१ प्रतिशत) को मात्रा भेटायो । एथिलीन ग्लाइकल र डायथिलीन ग्लाइकल दुबैका लागि स्वीकार्य सुरक्षा सीमा ०.१० प्रतिशत भन्दा बढी छैन । डायथिलीन ग्लाइकल र एथिलीन ग्लाइकलको सेवन मानिसका लागि विषाक्त । यहि कारणले मानिसको अवस्था बिग्रन्छ ।
ल्याबको परीक्षणमा नमूना फेल हुँदा–हुँदै पनि औषधि बनाउने र बिक्रि गर्ने कम्पनीले त्यसलाई सुरक्षित बनाउने तरिकामा ग्यारेन्टी नदिएकोमा डब्ल्यूएचओले औषधिको बारेमा खेद व्यक्त गरेको छ ।


















