नेविसंघका तीन नेताले ७१० जनाको जम्बो केन्द्रीय समितिमा यसकारण अस्वीकार

47

काठमाडाैं । नेविसंघका तीन नेताले ७१० जनाको जम्बो केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै एलिजा ढकाल र मुकेश घिमिरे तथा छुट्टै विज्ञप्ति जारी गर्दै मनिष डंगोलले पनि केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका हुन् ।

डंगोलले काठमाडौं जिल्लाको अध्यक्ष रहेको भन्दै केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेको उल्लेख गरेका छन् ।

ढकाल र घिमिरले पछिल्ला वर्ष कुनै प्रभावकारी काम हुन नसकेको, पार्टीले अनावश्यक हस्तक्षेप गरेको, नेविसंघ मुद्दामा केन्द्रित नभएको भन्दै सदस्यमा बस्न अस्वीकार गरेको उल्लेख गरेका छन् । साँच्चै विद्यार्थी राजनीतिप्रति आकर्षित गर्न सक्ने नेतृत्व आए मात्रै संगठनले पार पाउने उनीहरूको मत छ ।

पार्टीले दुजाङ शेर्पालाई अध्यक्ष बनाएर ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो । तर महाधिवेशन समयमा हुन सकेन । १५ महिनापछि २२ साउनमा कांग्रेसले नेविसंघमा ७१० सदस्यीय कार्यसमिति घोषणा गरेपछि फेरि अर्को अन्योल थपिएको छ ।

पछिल्लो समय विधानसम्मत नभएको भन्दै दीपक ओझासहितका नेताले विधान अनुसार १०१ सदस्यीय समिति गठनका लागि नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।

पछिल्लो समय उनीहरूले डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रमेश लेखकसहितका नेतालाई भेटेर विधान अनुसारको कार्यसमिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here