रौतहटमा एक साधुमाथि जानलेवा हमला

32
 रौतहट । केही बर्ष अगाडी भोजन गर्दै गर्दा साधुलाई गोली हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर जानलेवा हमला भएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी मन्दिरका पुजारीमाथि गएराती आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहिवार राति करिब ११ बजेको समयमा मन्दिरका पुजारी साधु मिश्रीलाल साहलाई दुध उमाली रहेका अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरि गम्भीर घाइते बनाएको छ।
साधु साहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो । महन्थको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित भईरहेको जनाईएको छ । यस घटनाबारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दिपेश कुमार शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here