त्रिविको स्तर खस्कियाे

50

काठमाडौं । विश्वभरिका विश्वविद्यालयको प्रतिष्पर्धामा नेपालको सबैभन्दा जेठो तथा सबैभन्दा बढी विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्केको पाइएको छ।
प्रतिष्पर्धामा सहभागी हुन थालेको वर्ष सन् २०१९ देखि लगातार ८ सयदेखि १ हजारको सूचीमा पर्दै आएको त्रिवि यस वर्ष भने १२ सयदेखि १५ सयको सूचीमा धकेलिएको छ।

टाइम्स हायर एजुकेसनले यस वर्षका लागि सार्वजनिक गरेको प्रतिवेदनमा त्रिविको स्तर खस्केको पाइएको हो। टाइम्समा प्रतिस्पर्धा गर्न त्रिविले विज्ञान तथा प्रविधि संकायका डिन विनिल अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो जसमा  अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका प्रमुख विनोद जोशी र योजना महाशाखाका प्रमुख ध्रुव गौतम सदस्य थिए ।

चार लाख विद्यार्थी अध्ययनरत त्रिविमा  नौ वटा अध्ययन संस्थान वा संकाय र चार अनुसन्धान केन्द्र छन्।

टाइम्सको सूचीमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट देखिएको छ भने अमेरिकाको स्ट्यानफोर्ड दोस्रो स्थानमा छ। म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी तेस्रो स्थानमा छ भने हार्वर्ड चौथो स्थानमा छ। बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज पाँचौँ स्थानमा छ। छैँटौमा प्रिन्स्टन र सातौँमा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी परेको छ। आठौँमा इम्पेरियल कलेज अफ लन्डन, नवौंमा युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्ली र दसौँमा एल युनिभर्सिटी परेको पनि टाइम्सको प्रतिवेदनमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here