महिला कबड्डीमा नेपालले कांस्य पदक जित्याे

58

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ।

महिला कबड्डी अन्तर्गत बुधबार बिहान भएको समूह ‘बी’ को अन्तिम खेलमा इरानले बंगलादेशलाई ५६–१६ ले हराएसङ्गै नेपालले कास्य पदक जितेको हो।

यता पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल दोस्रो खेलमा इरानसङ्ग पराजित भएपनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ।

एसियाड कबड्डीमा सेमिफाइनलमा पुग्ने टोलीले कम्तिमा कास्य पदक प्राप्त गर्ने प्रावधान रहेको छ। सोही अनुसार नेपालको महिला टोलीले अब कबड्डिमा कास्य पदक पक्का गरेको हो।

यो सङ्गै नेपालको महिला कबड्डी टोलीले एसियाडको डेब्यु संस्करणमै कास्य पदक जित्न सफल भएको छ। यो नै जारी एसियाडमा हालसम्म नेपालले हात पारेको पहिलो पदक हो।

अब नेपालले अर्काे समूहको खेलपछि सेमिफाइनल प्रतिद्वन्दी पाउने छ। नेपालले सेमिफाइनल पार गर्न सके स्वर्ण पदककाे प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here