काठमाडौं । आगामी माघ महिनाको लागि एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दती निक्षेपमा अधिकतम ८.०६५५ ब्याजदर दिने जनाएको छ। बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।
पुस महिनामा बैंकको अधिकतम ८.६७५ ब्याजदर दिँदै आएको छ। माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दती निक्षेपको ब्याजदर ६.२५० प्रतिशत निर्धारण गरेको छ । यस आधारमा मुद्दती निक्षेपमै बैंकले अधिकतम ८.०६५५ र न्यूनतम ६.२५०५ मात्र ब्याज दिने भएको छ ।


















