१ लाख १६ हजार ५०० रुपैयाँमा सुन काराेबार

74

काठमाडौं ।  सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो। तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। यसदिन सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here