पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

64

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here