काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न बाटो खुलेको छ ।
हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने मागसहित हरिबहादुर केसीले २२ मंसिरमा उच्च अदालतमा रिट दर्ता गराएका थिए ।
यसअघि सर्वोच्च अदालतमा दर्ता भएको यस्तै प्रकृतिको रिटमा पनि अन्तरिम आदेश जारी भएको थिएन ।


















