जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

65

 

तनहुँ  । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध  पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।

नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेका आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीको आधारमा बुधवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेव विष्टले जानकारी दिनुभयो । मगर  विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here