लुम्बिनी प्रदेशमा दुई मन्त्री थप

27

दाङ । सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप गरेका छन्। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण मन्त्रीमण्डललाई पूर्णता दिन सकेका थिएनन्।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्यूठानका सरोज थापालाई मन्त्री बनाएका छन्। नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।

‘मुख्यमन्त्रीले नवनियुक्त मन्त्रीहरुको नाम प्रदेश प्रमुखको कार्यालय पठाउनु भएको छ, भोलि ९ बजे शपथ छ,’ उनले भने।

कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाएका छन्।

दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन। बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन्। नेपाली कांग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तिमा एकलौटी गरेको भन्दै कांग्रेसमा विवाद चुलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here