धनगढीमा माघ १ देखि खाद्य पसलमा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने

9

धनगढी । धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।

स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न उपमहानगरले माघ १ गतेदेखि खाद्य पदार्थ पसलमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने भएको हो।

उपमहानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन भनेको छ।

धनगढी उपमहानगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ, ‘स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सूर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणको लागि उप-महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाईनेछ’ भनि उल्लेख भएकोले २०८० साल माघ १ गते देखि सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन अनुरोध छ।’

खाद्य सामग्री बिक्री हुने पसलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here