काठमाडाैं । आज शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको मूल्य आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


















