काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार राति करिब साढे ९ बजेतिरबा ३ क १७४५ नम्बरको टिप्परले प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिप्परको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९:५३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए।
ठक्कर दिने टिपरका चालक मकवानपुरको मनहरी गाउँपालिका–१ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइवालाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
















