काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५९ लाख ५ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १५ करोड ४६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हाथवे इन्भेष्टमेन्टको ८ करोड २३ लाख १५ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको ५ करोड ९९ लाख ७३ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ५ करोड ५५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।
आज सेयर बजारमा सुधार आउँदा नेपाल दुरसंचार कम्पनी, पिपुल्स पावर लिमिटेड, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


















