त्रिविका नवनियुक्त उपकुलपति बरालले पदभार ग्रहण गरे

29

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्।

शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्।

पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका काममा प्राथमिकता राखेर काम गर्दै जाने बताए। त्रिविले उपकुलपति पद रिक्त भएको झण्डै चार महिनापछि २० औँ उपकुलपति पाएको हो।

बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here