अफ्रिकामा गधा चोरीका घटना बढ्दै

12

अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।

मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब  र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ ।

एक अध्ययनअनुसार अवैध रुपमा गधा चोरेर छाला निकाली व्यापार हुने गरेको पाइएको छ ।

चीनमा गधाको छालामा जिलेटिन मिसाएर इजियो नामको परम्परागत औषधि बनाउने गरिएको अध्ययनमा उल्लेख छ ।  यो औषधि स्वस्थ शरीर र युवाको ऊर्जा बचाउन प्रयोग हुने गरेको छ । गधाको छालाको अवैध व्यापारविरुद्ध यसअघि सन् २०१७ मै अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन ।

अभियानकर्ताहरुका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रूपमा कम्तीमा ५ दशमलव ९ मिलियन गधा चीनमा आपूर्तिकै  लागि मार्ने गरिन्छ । अफ्रिकामा विश्वको ५३ मिलियन गधामध्ये दुई तिहाई गधा रहेका बीबीसीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here