प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

11

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको  छ । शिशु चोरी भएपछि आफ्नो शिशु चोरी भएको भन्दै उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना शुक्रबार  दिउँसो साढे १२ बजेतिर भएको हो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन् । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । आरोपीले पहेँलो ब्याग बोकेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here