
काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगाेल उर्फ हिमालयन हेन्ड्रिक्सकाे टाेली तथा अमर क्षेत्री फाउण्डेशनद्वारा सहयाेगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।
गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १० बिजुलीकाे सुविधाबाट बञ्चित रग्दाका स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरेको हो ।
कलाकार अशेष डंगोलको टोली (पत्रकार रिदेन महर्जन, देवी राना, नितेश ढकाल) ले जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर वडा नं. १० रग्दाका स्थानीय बासिन्दालाई अाेढ्ने सिरक करिब ६० घरधुरी ( ३ सय भन्दा बढि व्यक्ति) लाइ तथा १६ जना सुत्केरी महिलाहरु खास्टो वितरण लगायत आर्थिक अवस्था न्यून भएका परिवारलाई छानेर खाद्यान्न तथा आर्थिक सहयोग प्रदान समेत प्रदान गरिएकाे थियाे ।
सो राहत वितरण कार्यक्रममा रग्दा जस्ताे विकट स्थानमा इतिहासमै पहिलाे पटक कलाकार अशेष डंगाेलले गितार र स्थानीय कलाकार राम बहादुर नेपालीले नगडामा अशेष डंगाेलले रचिएकाे नयाँ गीत प्रस्तुत गरिएका थिए । तथा मादलमा अशाेक रावतले साथ दिएर बेजोड शैलीको सांगितिक धुन प्रस्तुत गरिएकाे थियाे ।
सोही क्षेत्रको श्री जन एकता प्राथमिक विद्यालयको प्रगति तथा विध्यालयमा अध्ययनरत स-साना बालबालिकाकाे उज्वल भविष्यको कामना गरी सय जना विद्यार्थीहरुलाई पुग्ने स्टेशनरी सामग्री प्रदान गरिएकाे थियाे ।





















