काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ ।
पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो ।
विद्यार्थीको संख्या यथार्थमा आधारित नभई बाहिर आएको बारेमा पनि बैठकमा कुरा उठेको थियो । विद्यार्थी संख्या धेरै देखाएर अनियमितता हुने गरेको आशंका बैठकमा व्यक्त भएका थिए । ‘राष्ट्रिय परिचय पत्र दिएपछि विद्यार्थीको यकिन संख्या आउँछ । अनियमितता भएको छ भने रोकिन्छ,’ ढकालले भने ।
बैठकमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्विकृति एक घण्टाभित्र वितरण हुने गरी व्यवस्था मिलाइएको जानकारी गराएका थिए ।
वैदेशिक रोजगार विभागले तीन शिफ्टमा प्रदान गर्ने व्यवस्था गरेको छ । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिˆट कायम गरेर सेवा थालिएको हो ।
रास्वपाले प्रत्येक आइतबार विहान आफ्ना चार मन्त्रीसँग छलफल गर्दै आएको छ ।
आजको छलफलमा पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रम मन्त्री डीपी अर्याल उपस्थित थिए ।
खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ भने आइतबारको बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।
चार मन्त्रीसँगको छलफलमा पार्टीबाट उपसभापति स्वणिर्म वाग्ले, महामन्त्री ढकाल र नेता शिशिर खनाल सहभागी हुँदै आएका छन् ।