नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिए

22
kb tyf uf]kgLotfsf] zky u08sL, @% r}t M u08sL k|b]zsf k|d'v l8NnL/fh e§;dIf cfOtaf/ kb tyf uf]kgLotfsf] zky lnFFb} u08sL k|b]z ;/sf/sf gjlgo'Qm ljgfljefuLo dGqLåo xl/axfb'/ r'dfg / /fhLj u'¿ª . tl:a/ M /fdaxfb'/ yfkf÷/f;;

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन्। कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ।

नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारी गरेको छ।

उनीसहित नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिएका छन्। चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन्।

यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री खाएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here