फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

37

सुलीकोट । गोरखाको पालुङटार नगरपालिकामा फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । पालुङटार नगरपालिकाभित्रका सयौँ किसानले लगाएको हजारौं हेक्टर जमिनको मकै बालीमा अमेरिकन फौजी किरा लागेपछि किसानहरु मर्कामा परेका कृर्षि ज्ञानकेन्द्र गोरखाका कार्यालय प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो समयसम्म सुख्खा मौसमका साथै किसानहरुले सरसल्लाह नगरी बालीनाली लगाईएकाले पनि फौजी किराको प्रकोप बढेको हो । किरा मार्ने औषधी प्रयोग नगरेको पाइएकोले मकैको भित्रि गुभामा किराले काट्ने गरेको पाइएको छ । त्यस्तै पालुङटार नगरपालिका जिल्लाकै सबैभन्दा गर्मी क्षेत्र भएकाले पनि अन्य ठाउँमा भन्दा यस ठाउँमा बढी फौजी किरा लाग्ने गरेको उहाँले जनाउनुभयो ।

अमेरिकन फौजी किराले मकै लगायतका लहरेबालीमा समस्या आएकाले यसबाट किसान चिन्तित भएको पालुङटार नगरपालिका-४ स्थानीय किसान कृष्ण कुमार श्रेष्ठको भनाइ छ । यसको समाधानको लागि कृषि ज्ञानकेन्द्र गोरखासँग आवश्यक रायसल्लाह र फौजी किरालाई नियन्त्रण गर्न औषधी माग गरिएको उहाँले जनाउनुभयो । यता कृषि ज्ञान केन्द्र गोरखाका बालीसरक्षण अधिकृत अन्न दत्ता बिष्टले भने किसानहरुले मकै बाली लगाउने बेला देखि नै किसानले जैविक र रासयनिक विषादी प्रयोग गरेको भए यस्तो अबस्थामा निकै कमी आउने उहाँको बुझाइ छ । उहाँका अनुसार यस रोगलाई नियन्त्रण गर्न इनामेक्टिन बेन्जोएड नामक बिषादी स्पे्र मार्फत मकैमा औषधी प्रयोग गर्न सल्लाह दिईएको बालीसंरक्षण अधिकृत बिष्टले जनाउनु भयो । कृषि ज्ञान केन्द्रले किसानहरुलको सकेको सहयोग गर्ने पनि उहाँले बताउनुभयो । बिषादीलाई स्पे्रमार्फत बिहान र बेलुकाको समयमा ओषाधी प्रयोग गर्यो भने अझ प्रभाबकारी हुने बिष्टको भनाइ छ ।

केहि दिन अगाडी मात्र कृषि ज्ञान केन्द्रको आयोजन तथा पालुङटार नगरपालिकाको समन्वयमा पालुङटारको बाह्रपिर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको थियो । त्यहि शिविरमा किसानहरुले आफनो बालीको नमुना परिक्षण गरेका थिए ।

अहिले पालुङटार नगरपालिकामा मकैबालीमा अमेरिकन फौजीकिरा र मकैको गबारो, लहरे बालीमा लाही किरा र रातो खबटेकिरा, काक्रो र करेलामा फल कुहाउने झिगा, लिचिमा सुलसुले, मेवामा मिलि बग र कागतीमा पात खन्ने किरा सिट्रस क्यान्कर कत्ले किरा देखिन थालेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here