सब्बीर अहमद नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त

41
sharethis sharing button

काठमाडौं । भिजाले सब्बीर अहमदलाई नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको गरेको छ । बङ्गलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बङ्गलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहोर्‍याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ ।

भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यूआर कोड स्क्यान गर्न र भिजा कार्डमार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

जिम्मेवारीपछि सब्बीर अहमदले भने, ‘विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपङ्क्तिमा रहेको ब्रान्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु ।’ उनले नेपाल बङ्गलादेश र भुटानका लागि डिजिटल भुक्तानीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको जनाए ।

सब्बीर अहमद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बङ्गलादेशबाट भिजामा सामेल भएका थिए, जहाँ उनले वेल्थ एन्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखको रूपमा सेवा गरे ।  यसअघि, उनले बङ्गलादेश र भियतनाममा एचएसबीसीमा वरिष्ठ नेतृत्व पदहरू सम्हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here