पहेँलो धातुको मूल्य बढ्याे

8

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ ।

आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर रु एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।

साथै चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here