डाँका चोरीमा संलग्न व्यक्ति पक्राउ

28

काठमाडौं । डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं गोकणेश्‍वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालकलाई उनकै डेरा कोठाबाट आइतबार राति भाग्यराम समेतका व्यक्तिहरूले हामी सादा पोसाकका प्रहरी हो तपाईंको पसल अनुसन्धान गर्न आएका हौं भनि कुटपिट गरी पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरी फरार भएको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भाग्यरामलाई काठमाडौं गोकणेश्‍वरबाट चोरी गरी लगेको केही सुनका गरगहनासहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको छ । डाँका तथा चोरीमा संलग्न अन्य ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here