नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल रद्द

33

काठमाडौं । विश्वकप अघिको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाले नेपाल विरुद्ध टस जिते लगतै भारी वर्षा भएपछि खेल रद्द भएको हो।

डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा तय भएको खेलमा दुबै टोली आफ्नो अन्तिम ‘वार्मअप’ खेलमा जित निकाल्दै विश्वकप अघि आफूलाई आत्माविश्वासी बनाउने ध्याउनमा रहेका थिए।

वर्षाका कारण अमेरिकाले दुबै अभ्यास खेल गुमाएको छ। यसअघि नेपालले भने पहिलो आधिकारीक अभ्यास खेलमा सोमबार क्यानाडासँग ६३ रनको हार भोगेको थियो।

यसअघि मंगलबारका‌ लागि तय अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल पनि बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि अमेरिकाले ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा भने एतिहासिक रुपमा बंगलादेशलाई‌ २-१ ले हराएको थियो।

विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here