उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

36

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिँदै खाले  नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ ।

अल्कूफीले शुभकामना संदेश दिदै बताएकी बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।  लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्बन गर्ने आधार निर्माण संविधानले गरेको छ ।

स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना मौलानाले व्यक्त गर्दै सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदाय प्रति सम्मान समेत गरेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here