विपीन जोशीको रिहाइको पहल जारी : प्रम

35

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको जनाएका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले जोशीका रिहाइका निम्ति सरकारले पहल गरिरहेको जनाए ।

उनले भने, “इजरायल सरकार, मध्यस्तकर्ता कतार सरकार तथा दुवै पक्षका निकटस्थ छिमेकी देश गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुरोध गर्दै औपचारिक र अनौपचारिक बैठकमा पहल भइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here