प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने

28

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने जनाएका छन्।

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले–कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे। उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिलेका हुन् भनेर प्रश्न गर्न खोजेको बताए। संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको उनको धारणा थियो।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो? भन्ने प्रश्नको जवाफ चाहेको जनाए। उनले एमाले–कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले–कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here