नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइयाे

30

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइएको छ।  संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा नेताहरूले कर्माचार्यको वैचारिक दृढताले कम्युनिस्ट आन्दोलनमा देखापरेको सङ्कट सम्बोधन गर्न सहयोग पुग्ने गरेको स्मरण गरे ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले कर्माचार्यको तस्बिरमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here