यी स्थानमा भारी वर्षा हुने सम्भावना

23

काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here