नवलपरासी पूर्व । मध्यबिन्दु नगरपालिका-११ कुसुण्डे बस्ने ३५ वर्षीया रेखा मिँयाको किराना पसलमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा चाउचाउ, मैदा, बिष्कुट, चामल, दाल लगायत अन्य सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















